दफा २३घ
थुनामा राख वा कब्जा गर्न वा धरौटी माग गर्न सक्नेः
(१) कुनै व्यक्ति फर्म कम्पनी वा संस्थाले कर छली कारोबार गरेको र तुरुन्त कुनै कारबाही नगरेमा अभियुक्त भागी जाने वा कसुरको सबुत प्रमाण गायब हुने सम्भावना देखेमा महानिर्देशकको स्वीकृति लिई कर अधिकृतले देहायका काम गर्न वा गराउन सक्नेछः:-
(क) कारोबार स्थलमा सिलबन्दी गर्न
(ख) विद्युतीय उपकरण तथा सोको अभिलेख कब्जा गर्न
(ग) कसुर गरेको भन्ने कुराको विश्वास लागेको व्यक्तिबाट छलिएको कर बराबरको रकम पर्चा खडा गरी नगद धरौटी वा जेथा जमानी माग गर्न
(घ) करदाताको नाममा रहेको बैङ्क खाता तीन महिनासम्मको लागि रोक्का राख
तर कर निर्धारण प्रक्रिया पूरा नभएको अवस्थामा
महानिर्देशकको स्वीकृतिमा थप तीन महिनाको लागि बैङ्क खाता रोक्का राख सकिनेछ ।
(ङ) खण्ड (ग) बमोजिम नगद धरौटी नराखेमा वा जेथा जग्चानी नटिम्ा एक पठतकम्मा पन्श्च दिनग्चा नबढ्ने गरी

(२) यस ऐन बमोजिम कसुरको अनुसन्धान तथा तहकिकातको सम्बन्धमा कर अधिकृतलाई कानून बमोजिम प्रहरीलाई भए सरहको अधिकार हुनेछ ।